ट्रम्पको साथमा सधैँ हुन्छ “सेनेटाइजर” - Naya Patrika
eNaya Patrika
  • ePaper

ट्रम्पको साथमा सधैँ हुन्छ “सेनेटाइजर”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथमा सधैँ हुने एउटा चिज हो, ‘ह्यान्ड सेनेटाइजर’ । उनी कुनै पनि हालतमा सेनेटाइजर साथमा राख्न भुल्दैनन् ।

खासमा ट्रम्पलाई कीटाणुदेखि निकै डर लाग्छ । त्यसैले त सेनेटाइजर बोकेकै हुन्छन् । हतारमा लिफ्टको बटन थिच्न पनि डराउँछन्, उनी । हातमा सेनेटाइजर प्रयोग गरेपछि मात्रै बटन थिच्छन् ।

एक अन्तर्वार्तामा ट्रम्पले दिएको अभिव्यक्ति निकै चर्चामा पनि आयो । उनले भनेका थिए, ‘हात मिलाउनु निकै बर्बर प्रथा हो ।’ यस्तो अभिव्यक्ति दिनुको मतलब थियो, ट्रम्पलाई कीटाणुदेखि डर लाग्छ र अरूसँग हात मिलाउँदा कीटाणुमार्फत रोग सर्ने सम्भावना बढी हुन्छ ।

उनी सकेसम्म अरूसँग हात मिलाउन चाहँदैनन् । हात मिलाउनैपर्ने अवस्थामा पहिल्यै ह्यान्ड सेनेटाइजर प्रयोग गर्छन् ।

ट्रम्पले सेनेटाइजर बोक्न थालेको धेरै भइसक्यो । अहिले त बानी नै परिसक्यो । सेनेटाइजर उनको साथमा कहिल्यै छुट्दैन ।

तपाईको प्रतिक्रिया