‘धर्मग्रन्थका कथा’ र ‘भागवत गीतामा के छ ?’ सार्वजनिक
eNaya Patrika
  • ePaper

गीतामा के छ ? र धर्मग्रन्थका कथा सार्वजनिक

प्यासिफिक पब्लिकेसनले आफ्नो छैटौँ वार्षिक अवसर पारेर ‘धर्मग्रन्थका कथा’ र ‘भागवत गीतामा के छ ?’ नामक दुई पुस्तक बजारमा ल्याएको छ । पुस्तकको सोमबार प्रज्ञा प्रतिष्ठानमा पूर्वउपराष्ट्रपति परमानन्द झा र नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले संयुक्त रूपमा विमोचन गरे ।

पुस्तक विमोचनसँगै राजदूत मारिया टेरेसा, शिक्षासेवी उपेन्द्रराज शास्त्री कँडेल, नगर विकास कोषका अध्यक्ष धु्रव रिजाल, गीतकार बुद्धवीर लामालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति झाले जीवनोपयोगी पुस्तक सार्वजनिक गरेकोमा पब्लिकेसनलाई धन्यवाद ज्ञापन गरे । त्यसैगरी, सम्मानले आफूलाई नेपालप्रति थप जिम्मेवार बनाएको राजदूत मारियाले बताइन् ।

विमोचित पुस्तकमा भागवत गीतामा के छ ? ओमप्रकाश खरेलले लेखेका हुन् भने धर्मग्रन्थका कथाकी लेखिका सुमित्रा सिंह हुन् । कार्यक्रम प्यासिफिक पब्लिकेसनका संरक्षक तथा पत्रकार लोचन थपलियाको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया