कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट - Naya Patrika
eNaya Patrika
  • ePaper

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको झापाको भद्रपुर–१० स्थित घरमा गएराति पौने १ बजे बम विष्फोट भएको छ ।

घर पछाडि शौचालयनिर सुतली बम विष्फोट गराइएको भए पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ ।

कांग्रेस नेता सिटौला झापा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु