आर्मी सेमिफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

आर्मी सेमिफाइनलमा

नेपाल आर्मी क्लब झापामा जारी काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा सुदूरपश्चिमलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनायो ।

निर्धारित समयमा १–१ को बराबरीपछि भएको टाइब्रेकरमा आर्मीले बाजी मार्‍यो । टाइब्रेकरमा सुदूरपश्चिमका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । उनीहरूले सबै प्रहार पोस्टबाहिर गएको थियो । आर्मीको टाइब्रेकरमा नवयुग श्रेष्ठ, सन्तोष तामाङ र दीपक गुरुङले गोल गरे ।

सुदूरपश्चिमका चेतन थारू, नरेन्द्र चौधरी र राकेश हमाल गोल गर्न असफल भए । यसअघि निर्धारित समयमा आठौँ मिनेटमा आर्मीका दिनेश हेम्जनले टिमलाई अग्रता दिलाएका थिए । वान भर्सेस वानमा गोल गर्दै उनले खेलमा अग्रता बनाए । तर, ५७औँ मिनेटमा जीवन चौधरीले गोल गर्दै सुदूरपश्चिमलाई बराबरीमा ल्याए ।

सुदूरपश्चिमले गोलका राम्रा मौका चुकाएको थियो । आर्मीका दिनेश हेम्जन म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

तपाईको प्रतिक्रिया